दुर्घटनामा बिर्तामोडका एमाले अध्यक्ष ज्ञानुरामको मृत्यु

झापा, २५ असार / नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी  मृत्यू भएको छ । प्रसाईको मेची अस्पतालले ४६ बर्षिय प्रसाईलाई आज मृत्युको घोषणा गरेको हो ।

शुक्रवार विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडका प्रसाई आफै बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा पर्नुभएको थियो ।

बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु  भयो ।  ज्ञानुराम प्रसाई बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईका पति हुन् ।

शुक्रबार, २५ असार, २०७८, दिउँसोको ०१:१५ बजे

सम्बन्धित खवर