‘सक्किगोनी’मा सन्जीता र कविराज थपिए

२०७८ असार २५ /   निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’को प्रशारण नियमित हुन थालेको छ । निषेधाज्ञापछि नयाँ कथामा टेलिसिरियलको नयाँ भाग प्रशारण सुरु गरिएको छ । नयाँ भागमा केही कलाकार थपिएका छन् ।

बिहीबार प्रशारित भएको भागमा दुई नयाँ कलाकारहरु देखिएका छन् । उनीहरु हुन्, सन्जीता पाण्डे र कविराज भाम । यी दुईलाई बाउछोरीको भूमिकामा टेलिसिरियलमा भित्राइएको हो ।

पोखराकी सन्जीता केही म्युजिक भिडियोमा काम गरेकी कलाकार हुन् भने मुगुका कविराज थिएटरका कलाकार हुन् । टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेल ‘जिग्री’ले नयाँ कथा शुरु भएसँगै दुई कलाकारहरुलाई कथाको माग अनुसार अभिनय गराएको बताए ।

शुक्रबार, २५ असार, २०७८, दिउँसोको ०४:०७ बजे

सम्बन्धित खवर