देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता हुन्छ -रावल

२४ असार, काठमाडौं /  नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर स्वतः फिर्ता हुने घोषणा गरे ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता हुने वा नहुने भन्नेबारे रावलले भने-“यो हस्ताक्षर त हामीले आन्दोलनको रुपमा गरेको हो । अदालतमा यो मुद्दामा सुनुवाई सकिएको छ ।” उनले पार्टीको विवाद समाधान भएपछि आफूहरु एकमत भएर अघि बढ्ने बताए ।

हिजो भएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक भएको स्पष्ट पारेका छन् । उनले वार्ताको प्रक्रिया जारी नै रहेको भन्दै छिट्टै सहमति हुने विश्वास दिलाए ।

उनले पार्टीमा माधव नेपाललाई अध्यक्ष बनाउनुपर्छ भनेर आफूहरुले प्रस्ताव तयार नपारेको पनि स्पष्ट पारे । पार्टीभित्रका सबै विवाद सहमतिमार्फत नै टुँगो लगाउने उनको भनाई छ ।

शुक्रबार, २५ असार, २०७८, दिउँसोको ०४:१६ बजे

सम्बन्धित खवर