कम्युनिष्ट आन्दोलनकी नेतृ इन्दिरा चापागाइँको निधन

   दमक/ नेपाली कम्युनिष्ट आन्दोलनकी एक जना साहसिक , संघर्षशील नेतृ इन्दिरा चापागाइँको सोमवार साँझ निधन भएको छ ।
दमक ५ मा स्थायी बसोबास गर्दै आएकी चापागाइँको ८७ बर्षको उमेरमा सोमबार साँझ करिब सवा ७ बजे निजी निवासमा निधन भएको हो ।
मुटु सम्बन्धि समस्या र दम रोगबाट समेत पीडित चापागाइँलाई एक साता अघि सामान्य ज्वरो आएको थियो । एक दुई दिनकै बीचमा त्यस्तो कुनै जटिल समस्या देखिएको थिएन, वित्नु भयो- उनका नाती डा. नविन चापागाइँले भने ।
स्वर्गीय चापागाइँ नेपाल कम्युनिष्ट पार्टी एमालेकी केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा ज्येष्ठ कम्युनिष्ट नेपालकी केन्द्रिय सदस्य थिइन । उनले प्रतिबन्धित कालमा दमकमा अखिल नेपाल महिला संघको नेतृत्व समेत सम्हालेकी थिइन । स्वर्गीय चापागाइँका छोरा हरि चापागाइँ हुन । चापागाइँका पति मोहनले २०१५ सालमा नेपाली किसान आन्दोलनमा लागेको भन्दै इलाममा प्रहरीले हत्या गरेको थियो । त्यसैकारण उनलाई सहिद पत्नीका रुपमा लिइन्छ ।
उनलाई सरकारले २०७७ सालमा सुप्रवल जनसेवा श्री पदक प्रदान गरेको थियो । भूमिगत कालमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत समकालिन नेताहरु चापागाईंको तत्कालिन दमक १५ स्थित घरमा सेल्टर बस्ने गरेका थिए । अध्यक्ष ओली झापा आउँदा प्रायः चापागाईंसँग भेटघाट गरेर मात्र फर्कने गरेका थिए । स्वर्गीय चापागाइँको आज मंगलबार बिहान १० बजे कन्काईमा दाहसंस्कार गरिने नाती डा. चापागाइँले जानकारी दिए ।

मङ्गलबार, २४ साउन, २०७९, बिहानको ०८:१२ बजे

सम्बन्धित खवर