कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाक्य

   कमल/ झापाको कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रुपमा राजकुमार शाक्य आएका छन् ।

शाक्यले आइतवारदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । शाक्य भोजपुरको हतुवागढी गाउँपालिकाबाट सरुवा भई कमलमा आएका हुन् ।

उर्लावारी निवासी शाक्यले यसअघि पनि कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको केहिबर्ष आफनो कार्यभार सम्हालेका थिए । शाक्यलाई पालिका अध्यक्ष हुकुमसिंह राई, जनप्रतिनिधिहरु, कर्मचारीहरुले फूलमाला तथा खादाले स्वागत गरेका छन ।

आफनो कार्यभार सम्हालेपछि उनले कमलको विकासमा जनप्रतिनिधिहरुसंग मिलेर काम गर्ने प्रतिवद्धता जनाएका थिए । कमलका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई भने प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको बुझिएको छ ।

मङ्गलबार, २४ साउन, २०७९, बिहानको ०८:१७ बजे

सम्बन्धित खवर