समाजलाई सकारात्मक बाटोतर्फ डोहोर्याउने ब्याक्तित्वहरु नै समाजका असल सम्पत्ती हुन् – प्रदेश प्रमुख खापुङ

    झापा/   प्रदेश प्रमुख परशुराम खापुङले समाजलाई सकारात्मक बाटोतर्फ डोहोर्याउने ब्याक्तित्वहरु नै समाजका असल सम्पत्ती भएकाले समाजलाई सकारात्मक सन्देश दिने ग्रन्थ, खोज अनुसन्धान र कृतिहरुको संरक्षण आजको आवश्यकता भएको बताएका छन् ।
सोमबार प्रदेश १ का प्रमुख खापुङले ‘कृतित्व र व्यक्तित्वमा नारायणप्रसाद संग्रौला स्मृतिग्रन्थ’को विमोचन गर्दै विगतका अनुभव र खोजहरुको संरक्षण आवश्यक रहेको बताएका छन् । झापाको विर्तामोड चारपानेमा आयोजित एक कार्यक्रममा खापुङले उक्त ग्रन्थको विमोचन गर्दै यस्तो बताएका हुन् ।
उनले संग्रौलाको कृतित्वको विषयमा प्रसंशा गर्दै संग्रौलाले तेह्रथुमको साविक छातेढुङ्गा (हालः आठराई –५) मा वि.सं. १९९६ जेठ ५ मा जन्मभुनएका संग्रौलाले आठराईको पोखरी उच्च मावि स्थापनामा महत्वपूर्ण भूमिका खेलेको बताए ।
संग्रौला वि.सं २०१६ देखि २०१९ सालसम्म तत्कालिन प्रणामी निमाविको सचिव र शिक्षक भएर काम गरेका थिए । गाउँ पञ्चायतदेखि जिल्ला पञ्चायतसम्म काम गरेका संग्रौलाले जनकल्याण प्रावि टुँडिखेल स्थापनाको २५ रोपनी जग्गा समेत दान गरेका थिए । उनको जन्मभूमि (कविता सङग्रह २०६२) प्रकाशित छ । २०६३ सालमा निधन भएका संग्रौंलाको परिवारले उनको व्यक्तित्व र कृतित्व प्रकाशन गरेको हो ।

प्रदेश प्रमुख खापुङले स्व.नारायणप्रसाद संग्रौलालाई वि.सं. २०३२ सालदेखि चिन्दै आएको, आठराई क्षेत्रमा राजनीतिक, शैक्षिक, सामाजिक क्षेत्रमा अग्रणी भूमिका रहेको बताए ।

 

मङ्गलबार, २४ साउन, २०७९, दिउँसोको ०३:१७ बजे

सम्बन्धित खवर