माओवादी केन्द्र झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा तीन जना र समानुपातिकमा एक जना सिफारिस

  बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा तीन जना र समानुपातिकमा एक जना सिफारिस भएका छन् ।

आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि पार्टीले बिहीवार (आज) झापा क्षेत्र नं २ अन्तरगत प्रदेश (क) र (ख) को संयुक्त बैठकको निर्णय अनुसार संघिय प्रत्यक्ष र समानुपातिकका उम्मेद्वार सिफारिस गरेको निर्वाचन क्षेत्र नम्बर २ का प्रमुख सीपी कडरियाले जानकारी दिए ।

प्रतिनिधिसभाका लागि झापा क्षेत्र नम्बर २ बाट पार्टीकी पोलिट ब्यूरो सदस्य धर्मशीला चापागाई, प्रदेश सचिवालय सदस्य तथा झापा सह–इन्चार्ज सीपी कडरिया र झापा संयोजक राजु आचार्य (अग्नि) प्रत्यक्षतर्फको उम्मेद्वारका लागि सिफारिस भएका छन् ।

त्यस्तै समानुपातिकतर्फ भने पार्टीकी केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने (सरु) सिफारिस भएकी छिन् ।

शुक्रबार, २४ भदौ, २०७९, बिहानको ०७:०१ बजे

सम्बन्धित खवर