संविधान दिवशमा उर्लावारी रन हुने

  दमक/ उर्लावारी रन २०७९ हुने भएको छ । यहि मिति २०७९ साल असोज ३ गते संविधान दिवस को अवसर पारेर सामुदायिक विकास मञ्च उर्लावारी मोरङले उर्लाबारी रन गर्न लागेको संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराईले जानकारी दिए ।
उर्लाबारी रन २०७९ मा सहभागी हुनु सम्पुर्ण रनरहरुलाई अनुरोध गरिएको र रनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । विभिन्न विधामा गरिने रन प्रतियोगिताका विजयीलाई पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ सम्मलाई पुरस्कृत गरिने जनाइएको छ ।

जसमा खुल्लातर्फ क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र वितरण गरिने अध्यक्ष भट्टराईले जानकारी दिए ।
यसैगरि बालबालिका तर्फ ५ हजार, ४ हजार, ३ हजार, २ हजार र एक हजार नगद पुरस्कार रहेको छ ।

शुक्रबार, २४ भदौ, २०७९, दिउँसोको १२:२४ बजे

सम्बन्धित खवर