दमकमा प्रेमगीत ३ को प्रचार

भदौ २४, दमक /  बडादशैंको अवसर पारेर आगामी असोज ७ गते विश्वभर प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारका लागी नेपाली चलचित्र ‘प्रेम गीत ३’को टोली दमक आइपुगेको छ ।
सर्बाधिक चर्चामा रहेको नेपाली चलचित्र ‘प्रेम गीत ३’ को टिम चलचित्रको प्रदर्शनको मिति नजिकिएसंगै प्रचार प्रसारको लागी पूर्व आएको चलचित्र बितरक तथा पाथिभरा चित्र मन्दिर दमकका ब्यवस्थापक चैतन्य बरालले जानकारी दिए । बरालले प्रेम गित नामनै ब्राण्ड भैसकेको भन्दै चलचित्रकोलागी आफुहरु एकदमै उत्साहित भएको दमकमा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराए ।
पत्रकार भेटघाटमा चलचित्रका कलाकार सुनिल थापाले आफुहरुको मेहनतको प्रतिफल अहिले देखिन लागेको बताए । यो चलचित्रले नेपाली चलचित्र उद्योगमा इतिहास रचिसकेको बताए
कलाकार मनिस राउतले चलचित्र सन्सारभरिमै चर्चा हुने खालको बनेकोले निसन्देह हेरिदिन आग्रह गरे । बहुप्रतिक्षित चलचित्र प्रेम गित ३ मा मल्टिस्टारहरुको अभिनय रहेको छ । जसमा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, क्रिस्टिना गुरुङ लगायतको अभियान हेर्न सकिन्छ । यो चलचित्र नेपाल सहित भारतमा पनि प्रदर्शन हुनेछ ।
गत वर्षको चैत २८ गते प्रदर्शन गर्ने घोषणा गरेता पनि कोरोना महामारीको कारण चलचित्र प्रदर्शनमा आउन सकेको थिएन । चलचित्रलाई ‘डमरुको डन्डिबियो’ डेब्यू निर्देशक चेतन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका छन् ।

शुक्रबार, २४ भदौ, २०७९, रातीको १०:२१ बजे

सम्बन्धित खवर