बिर्तामोड नगरपालिकाले लगायो तिहारमा देउसी भैलो खेल्न रोक

विर्तामोड, २४ कार्तिक / दिनप्रतिदिन कोरोना त्रास बढ्दै गएको कारण चाडपर्वपनि प्रभावित भएका छन् ।

बढ्दो कोरोना भाइरसको महामारी नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ ।

कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिको वैठकले विभिन्न ११ निणर्य गर्दै दिपावली, छैठ, नेपाल सम्बत् जस्ता पर्वहरुमा भेला हुने, देउसी भैलो खेल्ने, नाचगान जस्ता सबै क्रियाकलापहरु बन्द गर्ने निणर्य गरेको बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो ।

सोमबार, २४ कार्तिक, २०७७, साँझको ०५:०१ बजे

सम्बन्धित खवर