दमक, २३ कार्तिक/ सुनसरीको धरान- १५ बस्ने ३४ बर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ बर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाईते भएकी थिईन । घाईतेलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box