दमक/ दमकका ब्यवसायीहरुले चरणबद्ध आन्दोलनको विकल्प नभएको भन्दै सडकमा उत्रिएका छन् । पूर्वघोषित कार्यक्रम अनुसार बुधवार प्लेकार्डसहित सडकमा निस्किएका छन् ।

ब्यवसायीका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसहित ब्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणमा चर्को ब्याज असुली विरुद्ध ब्यवसायीहरुले राष्ट्रब्यापी आन्दोलन गरिरहेका बेला दमकका उद्योगी–व्यवसायीहरु पनि आन्दोलित भएका छन् । आन्दोलनका क्रममा यहाँका व्यवसायीहरुले हिजो ईलाका प्रशासन कार्यालय र दमकमा रहेका बैंकहरुमा ज्ञापनपत्र बुझाएका थिएभने आज प्लेकार्डसहित सडकमा निस्किएर विरोध प्रर्दशन गरेका हुन् ।

बैंकहरुले चर्को रुपमा बढाएको ब्याजदरका कारण उद्योग ब्यबसाय धरासयी बनेको, आर्थिक मन्दीका कारण सबै क्षेत्र संकटमा रहेको हुनाले आन्दोलनको विकल्प नभएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताएका छन् । उनले आगामी २७ गते प्रदेश उद्योग वाणिज्य महासंघको अगुवाईमा मुख्यमन्त्री कार्यालय र राष्ट्रबैंकहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ को अगुवाईमा सुरु भएको आन्दोलनलाई दमकका ब्यवसायीहरुको समर्थन स्वरुप दमकका बैंकहरुमा ज्ञापनपत्र बुझाईएको र पूर्वघोषित कार्यक्रम अनुसार सडकमा प्रदशन गरिएको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंले बताए ।

संघका प्रथम उपाध्यक्ष राजु खड्काले देशभरका ब्यवसायी र उद्योग बाणिज्य संघ आन्दोलित भइसकेकाले सम्बन्धित निकायले तत्काल माग पूरा गर्नेतर्फ ध्यानाकर्षण हुनुपर्ने बताएका छन् । उनले आन्दोलन स्वरुप नै बुधवार दमकका बैकहरुमा सेवा बहिस्कार गरिएको जानकारी दिए । दमकका बैंकको ब्याज नियन्त्रणमा नआए आगामी दिन उपभोक्ताका लागि समेत कठिन रहेको बताए ।

बुधबार दमकको पूर्वपश्चिम हाइवेको आकाशे पुल मुनी ठूलो संख्यामा ब्यवसायीहरु प्लेकार्ड सहित आन्दोलनमा उत्रिएका थिए ।

Facebook Comments Box