प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिए

२४ मंसिर / प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा ३६, मोरंगमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ५ सय २ पुगेको छ ।

प्रदेश १ मा आज ६२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुने संख्या २३ हजार ४ सय ५ पुगेको छ । प्रदेश १ मा सोमबार ५ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ९८ हजार २ सय २५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बुधबार, २४ मंसिर, २०७७, साँझको ०७:३१ बजे

सम्बन्धित खवर