आकाशको ‘झुम्कावाली’ को ?

गायक मिलन अर्याल र गायिका मेलिना राइको स्वर, सुजन रेग्मीको शब्द तथा मिलनकै संगीत रहेको गीत ‘झुम्कावाली’ सार्वजनिक भएको छ ।

गीतका गायक अर्याल र गीतकार रेग्मी दुवै पेशाले इन्जिनियर हुन् । गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् ।

निकेश खड्का निर्देशित भिडियोमा सुबोल थापाको कोरियोेग्राफी, बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ । भिडियोमा निवेश अर्याल, कृष अर्याल र निकिता तिमिल्सिनाको लगानी छ ।

बिहिबार, २३ मंसिर, २०७८, बिहानको ०८:०२ बजे

सम्बन्धित खवर