पञ्जीकरण विभागले ६ सय कर्मचारी माग्यो  

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले विभिन्न छ जिल्लाको लागि ६ सय जना कर्मचरीको माग गरेको छ । राष्ट्रिय परिचयपत्र वितरण कार्यका लागि विभागले करारमा कर्मचारी माग गरेको हो ।

विभागले सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन घुम्ती सेवा सञ्चालनमार्फत नागरिकका विवरण सङ्कलन गर्ने कार्यका लागि खुला प्रतिस्प्रधाद्वारा करारमा कर्मचारी भर्नाको माग गरेको हो ।

झापा, ललितपुर, कञ्चनपुर, संखुवासभा, गुल्मी र चितवनका लागि आवेदन गरिएको विभागले जनाएको छ ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०७६पुष ७ गतभित्र सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा १० रुपैयाँको टिकट टाँसि दरखास्त दिनुपर्ने छ ।

 

सोमबार, २३ मंसिर, २०७६, बिहानको ०९:१९ बजे

सम्बन्धित खवर