नेपाली सेनालाइ उपलब्ध गराइएका अमेरीकी ‘स्काई ट्रक’ काठमाडौं आइपुगे

अमेरिकाले दिएको दुई वटा स्काई ट्रक काठमाडौं आइपुगेको छ। नेपाली सेनालाई सहायता स्वरुप दिएको सो स्काई ट्रक आइतबार बिहान काठमाडौं अवतरण गरिएको हो ।

अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई स्काई ट्रक उपलब्ध गराएको हो ।विपद व्यवस्थापन,आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि प्रयोग हुने ‘एम–२८’स्काई ट्रकमा १८ जना यात्रु बोक्न मिल्ने र २३ किलो क्षमताको सामाग्री बोक्न मिल्नेछ ।उक्त ट्रक पुस २ गते अमेरिकी राजदूतले प्रधानसेनापतीलाई हस्तान्तरण गरेपछि प्रयोगमा आउनेछन् ।दुईवटा स्काई ट्रकको मुल्य २ करोड १८ लाख ९८ हजार अमेरिकी डलर रहेको छ।

२०७४ पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले अमेरिकासँग स्काई ट्रक माग्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेपाली सेनाले २०७४ पुस ७ गते स्काई ट्रकका लागि पत्र पठाएको थियो यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक दिने घोषणा गरेकोमा थप दुई जहाज २०२१ सम्म आइपुग्ने सेनाले जनाएको छ। सेनाका अनुसार बाँकी दुईमध्ये एउटा जहाज एयर एम्बुलेन्स हो ।

 प्रशासन डट कम बाट

सोमबार, २३ मंसिर, २०७६, बिहानको ०९:३५ बजे

सम्बन्धित खवर