जनता क्याम्पसका बिद्यार्थी आन्दोलित प्रमुख सहित ४ जनालाई क्याम्पस प्रवेश निषेध

इटहरी, जनता बहुमुखी क्याम्पसका विभिन्न राजनीतिक दलका विभिन्न विधार्थी संगठनहरुले क्याम्पस प्रमुख सहित ४ जनालाई क्याम्पस हाता भित्र अनिश्चितकालिन प्रवेश निषेध गरेका छन ।

निषेध पर्नेमा क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, व्यवस्थापन समिती अध्यक्ष रेवातीरवण भण्डारी, सहायक क्याम्पस प्रमुखहरु गीता अधिकारी, युवराज सिटौला, टोलनाथ काफ्ले रहेका छन ।

आईतवार क्याम्पस प्रशासनले पैसाको लोभमा क्याम्पसको जग्गामा विद्यार्थीको पठनपाठनलाई प्रभावित हुने गरी कार्यक्रम सञ्चालन गर्न दिएको भन्दै विरोध जनाएका थिए ।

जनता क्याम्पसको मैदानमा क्रिश्चियनहरुको कार्यक्रम सञ्चालन भइरहेको बेला बिद्यार्थीहरुको पठनपाठनमा समस्या देखिएको भन्दै बिद्यार्थी नेता आन्दोलित भएका थिए । कार्यक्रमले विद्यार्थीको पठन पाठनमा अवरोध गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए । विद्यार्थी सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै ‘क्याम्पस हातामा रहेको खेल मैदान यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले प्रयोग गर्न पाउनु हाम्रो अधिकार हो । यस क्याम्पसमा विद्यार्थीको हक हित बाहिर गएर हुने कुनै पनि गतिविधिले हाम्रो अध्ययनमा अत्यन्त नराम्रो असर परेको’ भन्दै विरोध जनाएको नयाशक्ति बिद्यार्थी यूनियन का अध्य्क्ष प्रवीन दाहालले जनाएका छन् ।
विद्यार्थी सङ्गठनहरूको छलफलविना गरिएका निर्णयबाट उत्पन्न परिस्थितिको क्याम्पसले नै जिम्मेवारी लिनु पर्ने भन्दै चेतावनी दिएका विद्यार्थीहरुले उक्त कार्यक्रमस्थलमा गएर विरोध जनाएका थिए ।
सोही क्रममा उनीहरुलाई प्रहरीले हिजो ६ जना बिद्यार्थी नेतालाई पक्राउ गरी ५ घण्टा नियन्त्रणमा लिएको थियो ।

सोमबार, २३ मंसिर, २०७६, दिउँसोको १२:२२ बजे

सम्बन्धित खवर