थापाको राष्ट्रिय एकता अभियान स्थगित

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि आप्mनो अभियान रोक्नु परेको उनले बताएका छन् ।

‘यही २७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले भनेका छन् ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी कार्यालयमा समेत नगई बसेका थापाले राष्ट्रिय एकता अभियान गर्न लागेका थिए । तर थापाकै गृह जिल्लामा उक्त अभियानको विरुद्धमा पार्टीका अधिकांश कार्यकर्ताहरु उभिएपछि अभियान स्थगित गरेको स्थानीय पार्टी स्रोतले जनाएको छ ।

सोमबार, २६ पुष, २०७८, बिहानको ०८:५८ बजे

सम्बन्धित खवर