होटलका कर्मचारी मृत फेला

२६ पुष, झापा / झापाको बिर्तामोडमा एक व्यक्ति शंङ्कास्पद अवस्थामा मृत फेला परेका छन् । बिर्तामोड –५स्थित न्यु फ्रेण्डसीप होटलमा शिवसताक्षी नगरपालिका–७का उत्तमकुमार कडेँल मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

३४ वर्षीय कणेल न्यु फ्रेण्डसिप होटलका कर्मचारी थिए । भित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । कणेलको शव पोष्टमार्टम गर्न मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सोमबार, २६ पुष, २०७८, दिउँसोको ०१:३८ बजे

सम्बन्धित खवर