नेपाली कारागारमा एक हजार ३०९ जना विदेशी कैदीबन्दी

नेपाली कारागारमा एक हजार ३०९ जना विदेशी कैदीबन्दी सजाय काटिरहेका छन् । नेपाली कारागारमा सो सङ्ख्याका विदेशी कैदीबन्दीले सजाय काटिरहेको कारागार व्यवस्था विभागले जनाएको हाे । विभागका निर्देशक श्रवणकुमार पोखरेलका अनुसार कारागारमा रहेको कुल २४ हजार ८४० जना थुनुवा र कैदीबन्दीमध्ये एक हजार ३०९ जना विदेशी नागरिक अहिले कारागारमा छन् ।

एसियाली महादेश अन्तर्गत भारत एक हजार ४३, भुटान २५, चीन २६, पाकिस्तान २१, बङ्गलादेश ९, इरान १, सिङ्गापुर २, म्यानमार १, मलेसिया ४, जापान १, फिलिपिन्स १, थाइलेण्ड ४, दक्षिण कोरिया १, जोर्डन १, पपुवा न्यूगिनीका १ जना कारागारमा छन् ।

यस्तै, तान्जनिया २, नाइजेरिया ६, सेनेगल १, माली १, नामिबिया १, आइभरीकोष्ट २, टोगो १, नाइजेरिया २, दक्षिण अफ्रिकाका ३ जना कैदीबन्दी छन् ।

 

सोमबार, २६ पुष, २०७८, रातीको ०९:२४ बजे

सम्बन्धित खवर