“ पूर्वको पर्यटकीय स्थल कन्याममा व्यवस्थित ट्रली देखी घोडा राख्ने तबेला सम्म”


पूर्वकै ब्युटी क्वीनको परिचित पर्यटकीय क्षेत्र कन्याम लाई सूर्योदय नगरपालिकाले थप ब्यवस्थित गरेको छ । देश तथा बिदेशबाट आउने पर्यटकको चाप बढ्न थाले पछि नगरले फूटपाथमा ब्यावसाय गर्दै आएका स्थानियलाई ट्रलीहरु ब्यबस्था गरिदियेको छ । नगरपालिकाले एक सय पचास ट्रलीहरुको ब्यवस्था गरेसङै कन्याममा रहेका अव्यवस्थित पसलहरू आज निकै महत्वपूर्ण र व्यवस्थित पोशाका घरहरू, खाजाका घरहरू, कोशेलीका घरहरूमा परिणत भएका छन्।


पर्यटकिय क्षेत्र कन्याममा आसपासका स्थानीयवासीहरूले व्यवसाय गरी राम्रो आर्थिक उपार्जन गरीरहेका छन , आगमी दिनमा यो अझै बढेर जाने बिस्वास सुर्योदय नगरपालिकाले लिएको नगर प्रमुख रण बहादूर राइ बताउछन । यहाको व्यवसायलाई व्यवस्थित र दिगो वनाउनदै कन्यामलाई सफा र सुन्दर बनाउनको निम्ति नगरले एक समिति गठन गरी विभिन्न जिम्मेवारी पनि दिएको छ। यसरी व्यवस्थित ट्रलीमा बसी व्यवसाय गर्न पाउॅदा व्यवसायीहरू पनि खुशी देखीएका छन ।

यसैगरी यहा आउने पर्यटकहरु लाई घोडामा कूदाएर मनोरन्जन गराउदै आएका घोडा ब्यावसायीहरुका लागी नगरले घोडा बाध्ने तवेलाको समेत ब्यवस्था गरिदिएको छ । साथै नगरले व्यवसायीलाई व्यवस्थित गर्न समिति पनि गठन गरेको छ ।
कन्यामको व्युटिफिकेशनको कार्य पूरा भएपछि यस ठाउॅलाई अझ व्यवस्थित गर्नको लागी थप योजनाहरु सन्चालन गरिने नगर प्रमुख राइले बताएका छन ।

शुक्रबार, २५ पुष, २०७६, रातीको ०८:४३ बजे

सम्बन्धित खवर