पाउलान त पूर्व जनमुक्ति सेनाले राष्ट्रको सम्मान ?

काठमाडौँ ,२८ माघ,/  सरकारले पूर्व जनमुक्ति सेनालाई सम्मान गर्ने निर्णय गरेपनि पूर्व जनसेनाले भने अझै आशंका गरिरहेका छन् । आफूहरुलाई सम्मान गर्ने सरकारको आश्वासन मात्रै भएको हुनसक्ने आशंका रहेको पूर्व जनमुक्ति सेना नेपालका प्रचार विभाग प्रमुख प्रशान्त भण्डारीले बताए ।

सरकारले जनयुद्ध र जनआन्दोलनमा

सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । यसअघिको मन्त्रिपरिषद् बैठकले मुलुकमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागीहरुलाई सम्मानका लागि आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।

समितिमा खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् । मन्त्रिपरिषद्ले नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्व पीडित र विस्थापित अपांगता भएका व्यक्ति घाइते तथा पीडित सम्मानका लागि समिति बनाउने निर्णय गरेको हो,’ यसअघि मन्त्रिपरिषद्ले नै जनयुद्धका घाइतेहरुलाई निस्शुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

माओवादीको १० वर्षे सशस्त्र आन्दोलन र ०६२र६३ को जनआन्दोलनमा घाइते तथा अंगभंग भएका, आफन्त गुमाएकाहरु लामो समयदेखि राज्यको बेवास्तामा परेको भए तापनि नेकपा फुटेपछि उनीहरुलाई आफ्नो पक्षमा पार्न सरकार र सडकमा रहेका दुवै नेकपा सक्रिय देखिएका छन् ।

बुधबार, २८ माघ, २०७७, साँझको ०६:४२ बजे

सम्बन्धित खवर