प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगीताको उपाधि सप्तकोशीका आदेश र कोहेडकी पुनम लाई

दमक /  दमकमा सम्पन्न “बुद्धि कुमार राई स्मृति“ प्रदेश १ विद्यालय स्तरिय फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि सप्तकोशी कलेज ऊर्लाबारीका आदेश दाहाल र कोहेड कलेज बिर्तामोडकी पुनम प्रसाइले जितेका छन् । ६।५ अंकका साथ सप्तकोशी कलेजका १५१६ रेटेड आदेश दाहालले जितेका हुन् त्यस्तै दोश्रो स्थान ६ अंक जोडदै मदन स्मृति कलेजका १५३६ रेटेड सक्षम भन्डारी र तेश्रो स्थानमा समान ६ अंकका साथ एकता एकाडेमी दमककी कृतिसरा अधिकारी भए ।


छात्रा तर्फ प्रथम ५अंक जोड्दै कोहेड़ कलेज बिर्तामोडकी पुनम प्रसाई प्रथम भईन, दोश्रो स्थान सनसाईन् स्कुल उर्लाबारीकी जेनिशा कोइरालाले हात पारिन भने पुर्वान्चल स्कुल दमककी अन्तरा राई तेश्रो भएकी थिइन् ।

प्रथम,दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडी लाई क्रमशः रु। ५००० , रु। ३००० , रु। २००० सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
छात्रा तर्फ उत्कृष्ट हुने खेलाडीले रु। २००० , रु। १५०० , र रु। १००० साथै ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ठ १० तथा विभिन्न उमेर समुहमा उत्कृष्ठ हुने खेलाडी लाई पुरस्कृत गरिएको थियो ।

झापा जिल्ला बुद्धिचाल संघको आयोजना र डाईनामिक चेस एकाडेमी दमकको सह आयोजनामा सम्पन्न सो प्रतियोगिता दमक नगर खेलकुद बिकास समितिका अध्यक्ष भीमराज के।सी।को प्रमुख आतिथ्यमा भएको थियो भने अध्यक्षता झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष कृष्ण प्रसाद सिग्देलले गरेका थिए ।
प्रतियोगितामा १ नम्बर प्रदेशका बिभिन्न विद्यालयका ४७ खेलाडीको सहभागिता रहेको उक्त खेलको प्रमुख निर्णायकको भुमिका नेपाल च्याम्पियन भुपेन्द्र निरौला निर्वाह गरेका थिए । दमकको सप्तश्री एकेडेमीमा सो प्रतियोगीता सम्पन्न भएको थियो ।

सोमबार, २७ माघ, २०७६, बिहानको ०३:४३ बजे

सम्बन्धित खवर