ग्लोबलले जित्यो सिदार्थ कप


दमक स्थीत ग्लोबल एजुकेसनल एकेडेमीले सिदार्थ कप अन्र्तगत छात्रा भलिबल तर्फको फाइनल खेल जितेको छ । दमक स्थित सिदार्थ अँग्रजी मा वि ले आयोजना गरेको सो प्रतियोगीतामा आयोजक सिदार्थ मा वि र ग्लोबल बिच उपाधिका लागी प्रतिष्पर्धा भएको थियो । गत सनिवार सम्पन्न भएको सो खेलमा ग्लेबलले सिदार्थलाइ सोझो सेटमा हराउदै सहज जीत निकालेको थियो । सिदार्थ अंग्रेजि माध्यमीक विद्यालयले आयोजना गरेको सिदार्थ कपमा झापा र मोरँगका बिभिन्न विद्यालयहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा छात्र तर्फको भलिबल खेलको उपाधी भने बिराटनगरको कान्तिपुर सिटी कलेजले जितेको छ । यो जित संगै ग्लोबलले मेडल , कप र नगद रु १५ हजार प्राप्त गरेको छ ।

सोमबार, २७ माघ, २०७६, दिउँसोको १२:३७ बजे

सम्बन्धित खवर