देशको सीमा अतिक्रमण हुँदा पनि सरकार मुकदर्शक बन्यो : समाजवादी विद्यार्थी युनियन

काठमाडौं / समाजवादी विद्यार्थी युनियनले आफ्नो देशको सीमा अतिक्रमण हुँदा समेत केपि ओली नेतृत्वको सरकार मुखदर्शक बनेको आरोप लगाएको छ ।भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर सम्म जाने करिब ८० किलोमिटर एकतर्फी सडक निर्माण सम्पन्न गरेर उद्घाटन गर्दा समेत नेपाल सरकालाई जानकारी नहुनु दुखद भएको जनाएको छ । युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकार मुखदर्शक आरोप लगाएका हुन । युनियनले सर्बदलीय सहमती कायम गरेर देशको साझा धारणा बनाई कुटनीतिक पहल मार्फत मिचिएको भु भाग फिर्ता ल्याउन सरकारसंग माग गरेको छ । साथै सहज ढंगले समस्या समाधान नभए दुइ देशको सिमा बिबादलाई प्रमाण जुटाएर अन्तराष्ट्रियकरण गर्न सुझाव समेत दिएको अध्यक्ष श्रेस्ठद्वरा जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

आइतबार, २८ बैशाख, २०७७, दिउँसोको ०१:५७ बजे

सम्बन्धित खवर