मन्त्रीपरिशद द्वारा संसद अधिबेशन अन्त्य गर्ने निर्णय : राष्ट्रपति कहाँ पुग्यो सिफारिस

बैकल्पिक खवर

सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

विश्वासको मत प्रयोजनका लागि सोमबार संसदको विषेश अधिवेशन बसेको थियो । बैठकमा भएको विश्वासको मत लिने प्रस्तावको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सकेनन् । प्रधानमन्त्रीको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित २३२ मध्ये ९३ मत पर्‍यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा १२४ मत पर्दा मत दिन्न भन्ने पक्षमा १५ मत परेको छ ।

सोमबार, २७ बैशाख, २०७८, साँझको ०७:२३ बजे

सम्बन्धित खवर