झापाका उद्यमी पोखरेलको निधन

२७ जेष्ठ ,झापा/  झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन भएको छ । कोरोना संक्रमण भई विगत एक महिनादेखि काठमाडौमा उपचाररत युवा उद्योगी पोखरेलको गएराति निधन भएको हो ।

काठमाडौंको नर्भिक हस्पिटलमा राति १२ बजे पाखरेलको निधन भएको उनका कान्छा भाइ प्रविण पोखरेलले जानकारी दिए । ५३ वर्षीय पोखरेल विगत ३६ दिनदेखि त्यहाँ उपचाररत थिए ।

नेपाल प्लाइउड भेनियर सघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए । बिर्तामोड ३ निबासी पोखरेलका श्रीमती , एक छोरा र एक छोरी रहेका छन् ।

बिहिबार, २७ जेठ, २०७८, बिहानको ०७:४१ बजे

सम्बन्धित खवर