२७ जेठ / जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जननिर्वाचित व्यवस्थापिका र यसका प्रमुख राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले व्यवस्थापिकाले नै कार्यपालिकाको गठन गर्ने भएकाले कार्यपालिका प्रमुखले कसरी यसको विघटन गर्नसक्छ? भन्दै प्रश्नसमेत उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता भट्टराईले लेखेका छन्, ‘लोकतन्त्र ‘जनताद्वारा जनताको निम्ति जनताको शासन’ हो भने जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने हैन ? उसैद्वारा गठित कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ ? उसैबाट अनुमोदित न्यायपालिकाले कसरी उसको भाग्यको फैसला गर्नसक्छ ?’
लोकतन्त्र ‘जनताद्वारा जनताकोनिम्ति जनताको शासन’ हो भने जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने हैन ? उसैद्वारा गठित कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ ? उसैबाट अनुमोदित न्यायपालिकाले कसरी उसको भाग्यको फैसला गर्नसक्छ?प्रम र प्रन्या भन्दा स्पिकर कसरी तल ?