एमालेमा बने चार समिति, नेपाल पक्षलाई बाईपास

२६ श्रावण , काठमाडौँ / नेकपा एमालेले आगामी भदौ २७ र २८ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

आज बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीले गरेको प्रस्ताव अनुमोदन गर्दै विधान अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भने,‘२०७८ साल भदौ २७ र २८ गते विधान महाविधेशन गर्ने निर्णय गरेको छ ।’

एमालेले पहिलोपटक विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।  बैठकले विधान महाधिवेशनका निम्ति ४ वटा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रवक्ता ज्ञवालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राजनीतिक प्रतिवेदन मस्यौदा कमिटी, महासचिव ईश्वर पोखरेलको नेतृत्वमा संगठनात्मक प्रस्ताव मस्यौदा समिति, उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा विधान संसोधन प्रस्ताव मस्यौदा र रामबहादुर थापाको नेतृत्वमा व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै अहिले कायम रहेको स्थायी कमिटी नराख्ने प्रस्ताव एमालेले गरेको छ । अब केन्द्रीय कमिटी र पोलिट व्यूरो रहने र सानो खालको सचिवालय रहने प्रस्ताव केन्द्रीय कमिटी बैठकले पारित गरेको छ ।

एमालेले पार्टी अध्यक्ष वा अन्य तहका अध्यक्ष मात्रै प्रत्यक्ष निर्वाचित हुने र अन्य सबै पदाधिकारी मनोनयन गर्ने व्यवस्था समेत विधानमा व्यवस्था गर्ने प्रस्ताव गरेको छ । केन्द्रीय कमिटीले पारित गरेको विधान आगामी बुधबारसम्म सबै स्थानीय तहमा पठाएर एक महिनाभित्र विधान संसोधनको प्रस्ताव केन्द्रमा पठाउन निर्देशन दिने निर्णय समेत गरेको छ ।

एमालेले पार्टी सदस्यता प्राप्तिको प्रक्रियालाई सहज बनाउने निर्णय गर्दै पालिकास्तरको कमिटीमा व्यक्तिले निवेदन दिने, पालिकाको सिफारिसमा जिल्लाले सदस्यता दिने र केन्द्रले प्रमाणित गरेर इन्ट्री गर्ने व्यवस्था मिलाउने प्रस्ताव समेत पारित गरेको छ ।

अहिले कायम रहेको १५९ केन्द्रीय कमिटीको संख्या बढाएर २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव समेत बैठकले पारित गरेको छ । एमालेमा यी चार समिति बनेसँगै नेपाल पक्ष बाईपास भएको छ ।

मङ्गलबार, २६ साउन, २०७८, बिहानको ०७:५६ बजे

सम्बन्धित खवर