पर्यटकको रोजाइमा परेको झापाको अर्जुनधारा साउनमा पनि सुनसान

अर्जुनधारा, २६ साउन /  सरकारले सूचीकृत गरेका एक सय पर्यटकीय गन्तव्य मध्येको एक यो धाम विगत वर्षहरुमा आन्तरिक र वाहिरी पर्यटकले भरिभराउ हुने गरेपनि यो वर्ष साउनमा पनि प्रार्य सुनसान जस्तै बनेको छ । विगत वर्षको तुलनामा यो वर्ष लकडाउनको प्रत्यक्ष असर परेको हो । आन्तरिक पर्यटक केही आएपनि वाहिरका पर्यटक आउन सकेनन् ।
महाभारतकालमा पाण्डवलाई १२ वर्ष वनवास र एक वर्ष गुप्तवास भएका बेलामा राजा विराटका हजारौं गाईलाई कौरवले हरण गरेर भारतको गुवाहटीमा र्पुयाएका र त्यो बेला अर्जुनले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको धार्मिक विश्वास छ । महाभारतकालीन इतिहाससँग जोडिएको अर्जुनधारा धामले पूर्वको धार्मिक पर्यटनमा ठूलो टेवा पुर्याउँदै आएको भएपनि यो पटक कोरोना त्रासका कारण भएको लकडाउनले पर्यटन भित्रिन नसकेको नगर प्रमुख हरिकुमार रानाले बताउनु भयो ।
पाँच विघा क्षेत्रफलमा रहेको धाम परिसरमा नेपाली वास्तुकलायुक्त भएको प्यागोडाशैलीको शिवको मूल मन्दिर, अर्जुनवाण गङ्गा पोखरी, पञ्चधारा, सूर्य कुण्ड, यज्ञशाला, गणेश मन्दिर, लक्ष्मीनारायण मन्दिर, हनुमान मन्दिर, कालीनाग मन्दिर, शनि मन्दिर, मोक्षेश्वर शिवलिङ्ग, धान्याञ्चल, अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालय, अर्जुनधारा संस्कृत वेद विद्यापीठ, पुष्पलाल स्मृति सन्त निवास, शिवकुटी विश्रामालय, श्रवण हल, धर्मशाला, किरियाशाला, छात्रावास, पुस्तकालय, गौशालालगायत छन्।
झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल, ऐतिहासिक शनिश्चरे बजार र हिन्दु धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा यी तिनै स्थान पूर्व गाउँ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्र्संरचना पछि खुदुनाबारीलाई समेत समेटेर अर्जुनधाराको नाममा यस नगरपालिकाको नामाकरण गरिएको नगर प्रमुख हरिकुमार रानाले बताउनु भयो ।
अर्जुनधारा नगरपालिका झापा जिल्लाको मध्य उत्तरमा रहेको छ । सदरमुकाम भद्रपुर देखि २३ किलो मिटर उत्तरमा रहेको यस नगरपालिकाको पूर्वमा बुद्धशान्ति गाउपालिका र मेची नगरपालिका भने पश्चिममा झापाको कनकाई नगरपालिका र इलामको माइ नगरपालिका रहेका छन् । त्यसरी नै दक्षिणमा विर्तामोड नगरपालिका पर्दछ उत्तरमा इलामको रोङ्ग गाउंपालिका रहेको छ ।
यस नगरपालिकालाई झापाकै बाढी प्रभावित विरिङ्ग खोलाले बीचमा चिरेर बगेको छ भने झापा आन्दोलनको उद्गम स्थल सुखानी शाहदत्त स्थल, सुाखनी सहिद पार्क, नेपालको एकमात्र शंकराचार्य पीठ साधुटार, धार्मिक पवित्र स्थल अर्जुनधारा, १८ बर्षसम्म नेपाली मुलका भुटानी शरणार्थीहरुले बसोबास गरेको कैदले वन सहित ८ वटा सामुदायिक वन र १०० बर्ष भन्दा पुरानो बजार शनिश्चरे बजार पनि यसै नगरपालिकामा पर्दछ ।

 

मङ्गलबार, २६ साउन, २०७८, बिहानको १०:३६ बजे

सम्बन्धित खवर