शीप विकासमा आदिवासीलाई प्राथमिकता -उपप्रमुख भट्टराई

दमक / नगरपालीकाले सञ्चालन गर्ने शिप बिकाश तालिममा आदिवासी जनजातीबाट २५ प्रतिशत सहभागीता गराईने दमक नगर उप प्रमुख रेगिना भट्टराईले बताएकी छन्  । २८ औं विश्व अदिवासी दिवसको अवसरमा आदिवासी जनजाती महासंघ दमक नगर समितिले आज आयोजना गरेको कार्यक्रममा बोल्दै नगर उप प्रमुख भट्टराईले स्विस सरकारको सहयोगमा हेल्भेटास नेपाल संगको सहकार्यमा दमक नगरपालीकाले सञ्चालन गर्ने शिप बिकाश तालिममा दमकमा रहेका आदिवासी समुदायबाट २५ प्रतिशत सहभागी गराउने बताएकी छन् ।

नगरका ४० जना युवा युवतीलाई शिप मुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने योजना रहेको भन्दै उहाँले उक्त तालिममा आदिबासी समुदायका कम्तिमा १० जना सहभागी गराउने प्रतिबद्धता जनाउनु भएको हो । त्यसका साथै नगरपालीकाले सञ्चालन गर्ने अन्य कार्यक्रमहरुमा पनि आदिवासि जनजाती समुदायको उपस्थिति प्रभाबकारी गराउँदै नगरको समतामुलक बिकाशमा आफुहरु लाग्ने बताएकी छन् ।
आदिवासी जनजाती महासंघ दमक नगर समिति अध्यक्ष गुमानसिंह तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न जातजातीहरुको सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।
दमक ८ स्थित कस्मिक पार्टि प्यालेसमा औपचारी कार्यक्रम गर्नु अघि आदिवासी जनजातीहरुको झाँकी सहित दमक नगर परिक्रमा गरिएको थियो । त्यस पछि भएको औपचारीक कार्यक्रममा दमक नगर प्रमुख राम थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
दमक नगर प्रमुख राम थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिवासी जनजाती नेताहरु नित्यानन्द ताजपुरीया, मोहन धिमाल लगायतको उपस्थिति रहेको थियो ।

बुधबार, २५ साउन, २०७९, बिहानको ०८:०५ बजे

सम्बन्धित खवर