पर्यटकीय गन्तब्यले सुन्दरता थपेको सुन्दरहरैचा

दिनेश दंगाल

दिनेश दंगाल
दमक, २५ भाद्र /    प्रदेश १ को सदरमुकाम विराटनगर देखि करिब १९ किलोमिटरको दुरीमा रहेको मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकाको पूर्वमा बेलबारी नगरपालिका, पश्चिममा सुनसरी जिल्ला, उत्तरमा केरावारी गाउँपालिका तथा दक्षिणमा ग्रामथान गाउँपालिका सँग सिमाना जोडिएको छ ।
अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीक बहुधर्म र सामाजिक विविधता एवम् ऐतिहासक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा सुपरिचित छ ।
पर्यटन व्यवसाय आफैंमा राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार भएकोले यस व्यवसायको विविधीकरण र विस्तारद्वारा आम नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नु अपरिहार्य भएको छ । यस प्रयोजनार्थ एकातर्फ नेपालका यी विविध सम्पदाको समुचित संरक्षण र सम्वद्र्धन गर्नु अत्यावश्यक भएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय हवाई यातायात सेवा लगायत पर्यटन सेवासँग सम्बद्ध सबै प्रकारका पूर्वाधार विकास गर्दै पर्यटन सेवा उद्योगको संख्यात्मक एवम्गुणात्मक वृद्धि गर्नु आवश्यक छ ।
प्राकृतिक ताल, तलैया, सिमसार क्षेत्र तथा नदीहरू र हरियाली, अत्यन्तै नजिकबाट अवलोकन गर्न सकिने रमणीयतामा आन्तरिक तथा बाह्य पर्यटकहरूको भ्रमण हुने गर्दछ । भौगोलिक कालक्रमको इतिहासमा यहाँ बग्ने साना र ठूला नदी, नालाहरू प्रशस्त पोखरी, ताल, तलैयाहरूको निर्माण हुन गएको छ । यहाँ भएका प्रमुख नदी÷खोलाहरूमा बुढी खोला, गछियाखोला, लोहोद्रा खोला, किस्ती खोला, भोर्जना खोला, तेलीया खोला, मधावा खोला, हसिना ताल आदि हुन् भने हसिना सिमसार क्षेत्र, नयाँ वृन्द्रावन गौशाला, वृद्धगंगाका सम्पूर्ण क्षेत्र, बाघझोडा, किचमगढी, साकेला थान, पचाम ग्राम थान, काली खोला, भुल्के जलाधार संरक्षण क्षेत्र, सामुदायिक वनक्षेत्र रमणिय तथा मुख्य पर्यटकिय स्थलहरू हुन्र राजमार्गसँगैको वडा नं. ४ मा निजीक्षेत्रको गोकुलम्र गोकर्ण रिसोर्ट पनि रहेको छ । यसका अतिरिक्त नगरमा भएका महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूको विवरण तल उल्लेख गरिएको छ ।

 हसिना सिमसार –

सुन्दरहरैँचा नगरपालिका ५ स्थित हसिना सिमसार क्षेत्र बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि सो स्थानमा पुग्न सकिन्छ । यो सिमसार क्षेत्र करिब ७५ बिधा क्षेत्रफलमा फैलिएको छ । बहुसंख्यक देवीदेवताका मन्दिर, विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु र पशुपन्छीको बासस्थान समेत रहेको यो क्षेत्र पर्यटकीय मात्र नभै वनभोज, अध्ययन–अनुसन्धान र अवलोकनका लागि समेत उतिकै उपयोगी रहेको छ । यो क्षेत्रमा नगरपालिका, नेपाल पर्यटन बोर्ड र जिविस मोरङले पनि बजेट उपलब्ध गराएपछि हालसम्म एउटा कलात्मक पानी ट्याङी, शान्तिका अग्रदूत बुद्धको जन्मेदेखि मृत्यु सम्मका विभिन्न अवस्था समेटिएको पूर्वाचञ्लकै ठूलो बुद्धको प्रतिमा र यो क्षेत्रको पोखरीमा डुंगा सञ्चालन गर्ने तयारी समेत भइरहेको छ । यस क्षेत्र भित्र आकर्शक प्रवेशद्धार, विभिन्न कलात्मक शान्तिको प्रतीक परेवाको प्रतिमा, विश्व मानचित्रको प्रतिमा, बुद्धको प्रतिमा, नागपोखरीमा नागको प्रतिमा, विश्वमानै लोप भइसकेको डाइनोसरको प्रतिमा निर्माण गरी पर्यटकलाई लोभ्याइएको छ ।
बागझोडा सिमसार क्षेत्र-

 

नदी, नाला, तलाउँ, पोखरी, कुवा, धाप तथा दलदले क्षेत्रह? खासगरी जहाँ जमिन लुक्दैन पानी सुक्दैन त्यस्ता क्षेत्रहरुलाई सिमसार भनिन्छ । बाघझोडा सिमसार क्षेत्र सुन्दरहैँचा नगरपालिकाको उत्तरतर्फ रहेको छ । यस क्षेत्रमा सुकुना सामुदायिक वन, उपभोतmा समिति बाघझोडा मार्फत संचालन र व्यवस्थापन रहेको छ । यस सामुदायिक वनमा सालका रुखहरु प्रशस्त मात्रामा पाईन्छन् ।
यस सिमसार क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा २ वटा तालह? सिमसार क्षेत्रको ? पमा रहेका छन् । यसबाट सिँचाई नपुगेका क्षेत्रमा व्यवस्थित योजना बनाएर सिँचाई गर्न सकिने सम्भावना रहेको छ । साथै, नगरको प्राकृतिक वातावरणलाई सुन्दरता प्रदान गरेको छ । यस बाघझोडा क्षेत्रमा धार्मिक मन्दिर तथा खेल मैदान पनि रहेको छ । यस मैदानको व्यवस्थित उपयोग गर्न सके यस नगरबाट प्रतिभावान खेलाडी उत्पादन गर्न सकिने सम्भावना समेत रहेको छ ।

 किचमगढी –
सुन्दरहरैँचा नगरपालिकाको वडा नं. १ मा यस गढी रहेको छ । यो गढी ऐतीहासिक, धार्मिक, पुरातात्विक दृटिकोणले राष्ट्रिय सम्पदाको हैसियत बोकेको स्थान मान्न सकिन्छ । वृद्धवृद्धाको भनाई एवम्जनश्रुतिका आधारमा यस गढी पहिले निकै फराकिलो, उच्च डाँडो, अण्डाकार, घना जंगल भएको, वरिपरि ठूलो र गहिरो जलाशय भई चारैतिरको भूभाग पूर्ण रुपमा धाप हुनुका साथै अव्यवस्थित रुपमा रहेको थियो । त्यस स्थानमा जान पूर्वउत्तर र पूर्वदक्षिण गरी दुई वटा साना बाटोका अतिरित्त कुनै बाटा थिएनन् । पूजाआजाको पर्वमा समूहगत ?पमा बाहेक अन्य समयमा एक्लै– दोक्लै यस गढीको परिसरमा जान मानिसहरु डराउँथेँ । आश्चर्य लाग्ने कुरा त के छ भने यहाँ कुनै बेला सेतो सिंह, सेतो हात्ती र कुनै बेला बुलाकी लगाएका ठूला सर्पहरु र यस्तै अन्य दृष्यादृष्य सरिसृप जनावरका साथै अनौठा जीवहरु भेटिने हुनाले यस गढीमा मानिसह? एक्लै जान हिचकिचाउथेँ । गढीको पूर्व भौगोलिक तथा अलौकिक शक्रिका सन्दर्भमा तथ्यगत अवस्था नियाल्दा छोटो समयमा निकै ठूलो परिवर्तन भएको स्पष्ट देखिन्छ । हाल यो गढी साँगुरो र होचो हुँदै गएको छ ।
गढी वरिपरिका जलाशय तथा धापहरु पूरा समाप्त भई सुख्खा खेती योग्य जमिनमा परिणत हुँदै गएका, पुराना र ठूला रुखहरु सम्पूर्ण काटिई उजाड भएका छन् । दुइचार वर्ष अघिमात्र केही राजनीतिक दल तथा गाउँबासीहरुबाट केही वृक्षारोपण गरिएको र ग्रामथान नामक दुईओटा साना मन्दिर निर्माण गरिएका छन् । साथै यो स्थानसम्म पुग्ने कच्ची धुलौटे बाटो निर्माण भएको छ । पूजा व्यवस्थापन समिति गठन गरिएको र हरेक वर्ष वैशाख १४ गते परम्परागत पूजनोत्सव हुनुका साथै सोही दिन १ दिने मेला लाग्ने गरेको छ ।

नयाँ वृन्द्रावन गौशाला – 


सुन्दरहरैँचा नगरपालिकाको पश्चिमी सिमाना सुनसरी जिल्ला सगँ जोडिएको छ सोहि सीमा जोडिएको बूढीखोला तर्फ निर्माण भैरहेको नयाँ वृन्द्रावन गौशालाले धार्मिक पर्यटकीय प्रबद्धन र धामिृकग्राम निर्माणका लागि प्रशस्त सम्भावना देखिएको छ । द्धापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो कृणलीला देखाएको पवित्र तीर्थस्थल वृन्द्रावन गौशालालाई सचित्र ?पमा जस्ताको त्यस्तै निर्माण गर्ने अभियान नयाँ वृन्द्रावन गौशालामा थालनी गरीएको छ । राधेश्याम सेवा ट्रष्टको पहल तथा श्री १०८ दीनबन्धु शास्त्री महाराजको पहलमा स्थानीयह?को सहयोगमा अहिले सुन्दरहरैँचामा नयाँ वृन्द्रावन गौशाला निर्माण भइरहेको छ ।
चार कठ्ठा जमिनबाट निर्माण सुरु गरीएको यो धार्मिकग्राम अहिले सात बिधाभन्दा बढी क्षेत्रफलमा पुगिसकेको छ भने सो क्षेत्रमा नेपालकै ठूलो राधाकृष्णको मन्दिरको भुईतलाको निर्माण कार्य सम्पन्न भइसकेको छ । एक सय २९ फिट लम्बाइ, ८६ फिट चौडाइको यो मन्दिर एक हजार तीस वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।
श्री कृष्णले गरेका विभिन्न कार्यह?लाई सचित्र रुपमा निर्माण गर्ने योजना रहेको यो क्षेत्रमा धार्मिक पर्यटकहरुलाई भित्रयाउने विभिन्न धार्मिक अनुष्ठाका कामहरु पनि बर्सेनी हुने गरेको छ । पहिले खोलाको झाडिले भरिएको क्षेत्र अहिले धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भएको छ ।
अहिले निर्माण भइरहेको नयाँ वृन्द्रावन गौशालामा हाल १४ वटा गाई र बाच्छाबाच्छी समेत संरक्षण गरिएको छ भने नदी नियन्त्रणका लागि वृक्षारोपणका कामह? समेत भएका छन् ।

शुक्रबार, २५ भदौ, २०७८, बिहानको १०:३६ बजे

सम्बन्धित खवर