इनरुवामा झडप, अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

दमक, २४ असोज /  जिल्ला प्रहरी कार्यालय परिषरमा झडप भएको छ । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि कार्यालय परिसर तनावग्रस्त बनेको छ ।
पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप भएको छ । ढुङ्गा मुडापश्चात प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्याससमेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएको छ ।
उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए ।
प्रहरीले प्रर्दशनकारीलाई हटाउन पटकपटक प्रयास गरेपनि उग्र बनेको समूह प्रहरी माथिजाई लागेको थियो । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षतिसमेत पुगेको छ ।
कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिमसाह अनुसन्धानको क्रममा थुनामा थिए ।
पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति दिएको बताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् ।

आइतबार, २४ असोज, २०७८, दिउँसोको ०४:२७ बजे

सम्बन्धित खवर