भारतीय विदेशसचिव नेपाल आउँदै

कात्तिक २४, काठमाडौं / भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथी पदवी थापेर फर्किएलगत्तै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । विदेशसचिव श्रृंगला आगामी नोभेम्बर २६ र २७ तारिकमा नेपाल भ्रमणमा आउने भएका हुन् । स्थल सेनाध्यक्ष नरवणे नेपाल आउनु केही दिनअघि मात्रै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएका थिए ।
विदेश सचिव श्रृंगलाको भ्रमण भारतीय उच्च अधिकारीहरुले पछिल्लो महिना लगातार गरेको तेश्रो ठूलो भ्रमण हुनेछ । नेपाल र भारतबीच लामो समयदेखि रोकिएको परराष्ट्रसचिवस्तरीय वार्ताका लागि विदेशसचिव श्रृंगला नेपाल भ्रमणमा आउन लाग्नुभएको बताइएको छ ।

हिन्दुस्तान टाइम्सकाअनुसार गत महिनानै उनले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्माओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी भरतराज पौडेल लगायतसँग भेटवार्तासहितको बैठक गर्ने योजना तय भैसकेको छ ।

मङ्गलबार, २५ कार्तिक, २०७७, बिहानको ०९:१५ बजे

सम्बन्धित खवर