तपाईको आज

श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक २५ गते मङ्गलबार, १० नोभेम्बर २०२० । कात्तिक कृष्णपक्षको दशमी तिथि २४ः०० बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मघा ०८ः१३ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः२० र सूर्यास्त ५ः१४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय राम्रो छ । सामाजिक मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । रमाइलो यात्राको अवसर मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय मध्यम् खालको छ । कार्य व्यस्तता बढे पनि खासै उपलब्धि नहोला । अरूको काममा समय र धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्य खालको छ । व्यापार–व्यवसायमा खासै उपलब्धि देखि“दैन । साथीभाइबाट धोका होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रोे छ । विशेषगरी प्रशासनिक र सामाजिक कामको विशेष जिम्मेवारी बहन गर्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन–पाठन तथा लेखन कार्यमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम् खालको छ । बोलीको कारण व्यवसायमा बाधा आउला । वैदेशिक यात्राको लागि उपयुक्त समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्य खालको छ । वैदेशिक क्षेत्रको कामबाट खासै सन्तोषजनक प्रगति छैन । संयमित भएर अगाडि बढ्नु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तम खालको छ । भूमि, वाहन प्राप्त हुने सम्भावना छ । राजनीतिक क्षेत्रमा भने खासै प्रगति देखि“दैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय मध्यम् खालको छ । तीर्थयात्राको सुवर्ण अवसर मिल्ला । समाजका प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बौद्धिक क्षेत्रका कामहरू सफल हुनेछन् । नोकरीमा भने झमेला आइपर्ला । आफन्तबाट नै विश्वासघात नहोला भन्न सकिन्न ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक कामबाट सुख–सन्तोष मिल्नेछ । अधुरा कामकाजहरू पूरा हुनेछन् । साथीभाइको सहयोग राम्रै मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सयम उत्तम खालको छ । सरकारी जागिरमा बढुवा तथा स्थानान्तरणको प्रबल सम्भावना छ । यात्राको लागि उपयुक्त समय छ ।

मङ्गलबार, २५ कार्तिक, २०७७, बिहानको ०९:४९ बजे

सम्बन्धित खवर