जसपा अध्यक्ष उपेन्द्र यादबलाई भातृशोक

बैकल्पिक खवर

काठमाडौं /  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लाई भातृशोक परेको छ । यादवका जेठा दाईको बुधबार निधन भएको हो । उनको ७७ वर्षको उमेरमा बुधबार निजि निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।गाउँमा खेती- किसानीमा संलग्न रहँदै आएका यादव धनीलाल यादव र फुलनीदेवी यादवका जेठा छोरा हुन् ।

जसपा नेता गंगा श्रेष्ठले अध्यक्ष यादवका दाई डम्बर यादवको निधन भएको पुष्टि गरेका छन् ।डम्बरका छोरा मनिष यादव जसपाको प्रवास विशेष प्रदेश समितिका सचिव छन ।

बिहिबार, २५ मंसिर, २०७७, दिउँसोको ०३:३५ बजे

सम्बन्धित खवर