विश्वभर एकैदिन ६ लाख जनामा कोरोना संक्रमण 

   २४ मंसिर, काठमाडौँ / विश्वभर एकैदिन करिब ६ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ९८ हजार २०८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ४ लाख १२ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ६ हजार ९७८ जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा एक लाख ७ हजार ६९०, फ्रान्समा ५६ हजार ८५४, बेलायतमा ५० हजार ८६७, रुसमा ३० हजार २०९ र टर्कीमा १९ हजार ६९६ जना छन् ।

यसैगरी अमेरिकामा ५० हजार ४६०, बेलायतमा ३७ हजार ७७५, रुसमा ३५ हजार ७९४, टर्कीमा २७ हजार २६३ र फ्रान्समा २१ हजार ८७ जना निको भएका छन् ।

यस्तै रुसमा एक हजार १८१, अमेरिकामा एक हजार ३४, ब्राजिलमा २०६, टर्कीमा १९५, बेलायतमा १४८ र फ्रान्समा १३६ जना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार, २४ मंसिर, २०७८, बिहानको ०८:४३ बजे

सम्बन्धित खवर