प्रचण्ड- यादव नजिकिँदै

पछिल्लो समय यादव र भट्टराईबीचको टकराव कतिसम्म बढेको छ भन्ने प्रष्ट देखिन थालेको छ। यादवले आफ्नो कम्युनिस्ट राजनीतिको पृष्ठभूमिबारे बेलाबेला आफूनिकट नेताहरुलाई बताउने गरेपनि त्यसको झल्को दिनेगरी सार्वजनिक कार्यक्रममा यसबारे बोल्दैन्थे। माओवादी पृष्ठभूमिबाट आएको विषयमा त उनले सार्वजनिक रुपमा संकेत समेत कहिल्यै गरेनन्। तर, माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटनका दिन, गत पुस ११ गते यादव अर्कै देखिए। ‘यो हलमा मैले देखिरहेको छु, कमरेड प्रचण्ड, सीपी गजुरेलजी लगायत अरु साथीहरु सबै कुनै जमानामा भीषण लडाइँको मैदानमा भूमिगत अर्धभूमिगत विभिन्न ठाउँमा रहेर सँगै काम गरेको सम्झना अहिले आइरहेको छ’, यादवले भनेका थिए, ‘त्यही जगबाट उभिएर पछि एतिहासिक मधेश जनविद्रोह गरेको हुँ। माओवादी जनयुद्ध र मधेश जनविद्रोह नभएको भए यो मुलुक संघीय लोकतान्त्रिक हुने थिएन।’

उपेन्द्रले माओवादी पार्टीमा काम गरेको अनुभव सुनाएलगतै प्रचण्डले त्यसलाई खेर जान दिने कुरै थिएन। पछि सम्बोधनका क्रममा प्रचण्डले पनि यादवलाई कमरेड भन्न छुटाएनन्। जसपाका एकथरी नेताहरुले यसलाई प्रचण्ड र यादवबीच निकटता बढ्दै गएको रुपमा समेत बुझेका छन्। यादवले क्षेत्रीय पार्टीबाट मात्रै मुलुकको कार्यकारी पदमा पुग्ने सपना पुरा हुने नदेखेपछि प्रचण्डसँग सहकार्य बढाउन खोजेको हुन सक्ने आकलन पनि एकथरीले गरेका छन्।

बाबुरामको अबको बाटो
नेताहरूका अनुसार भट्टराईसँग अध्यक्ष यादवलाई रूपान्तरण गरेर पद्धति, विधि, विधान र सामूहिक निर्णयमा चल्ने पार्टी बनाउने पहिलो विकल्प छ । यादव रूपान्तरणका लागि तयार नभए केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिमा बहुमत सिद्ध गरेर ‘समाजवादी केन्द्र’ निर्माणमा लाग्ने दोस्रो विकल्प भट्टराईसँग छ । ‘तर यो बाध्यात्मक र अन्तिम हुन्छ,’ एक नेताले भने । तर त्यसका लागि पनि बाबुरामलाई फेरि प्रचण्ड चाहिने छ। प्रचण्डविनाको समाजवादी केन्द्र निर्माण असम्भव हुने भएकाले उनका लागि पनि विकल्प प्रचण्ड नै देखिन्छन् ।

मङ्गलबार, २७ पुष, २०७८, दिउँसोको ०४:५२ बजे

सम्बन्धित खवर