बाँस्कोटा र ढकाललाई थप जिम्मेवारी

दमक र राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी तोकेकी छिन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई थप मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्।

बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी थपिएको छ भने ढकाललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय थपिएको छ। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले मन्त्री पद छोडेपछि उक्त मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै‌ आएका थिए।

नेपाल समय

शनिबार, २६ पुष, २०७६, बिहानको ०६:३४ बजे

सम्बन्धित खवर