टिप्परको ठक्करबाट गौतमको घट्नास्थलमै मृत्यु

झापाको दमकमा आज बिहान ट्रिपरको ठक्करबाट एक बृद्धाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक ४ स्थित कृष्णमन्दिर चोकमा बिहान करिब ६ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ क ६४९ नम्बरको ट्रिपरले पैदलयात्री सोही ठाउँकी ६९ बर्षीया तुलसा गौतमलाई ठक्कर दिदा गौतमको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिक प्रमुख यज्ञराज अधिकारीले जानकारी दिएका छन । ठक्कर दिने ट्रिपर र ट्रिपर चालकलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

शनिबार, २६ पुष, २०७६, दिउँसोको १२:२७ बजे

सम्बन्धित खवर