उपमेयरसहित ६ वडाध्यक्षलाई स्पष्टीकरण चित्तबुझ्दो जबाफ नआए पार्टी निश्काशन गर्ने

रूपन्देही– समाजवादी पार्टी, नेपालले लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयरसहित ६ वडाध्यक्षलाई स्पष्टीकरण सोधेको छ ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टीको सम्पर्कमा नरहेको र पार्टी हितविपरीत काम गर्न थालेको भन्दै समाजवादीले लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर जानकीदेवी श्रीवास्तव, वडा नम्बर ३ का वडाध्यक्ष एकरामुद्दिन नाउ, वडा नम्बर ६ का वडाध्यक्ष नैमुल्लाह मुसलमान, वडा नम्बर ११ का वडाध्यक्ष एकराम मुसलमान र नगर कार्यपालिका सदस्य अलरखा मुसलमानलाई स्पष्टीकरण सोधेको हो ।
यस्तै, कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ओमप्रसाद पाण्डे, मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नारायणबहादुर यादव, गैडहवा गाउंपालिका वडा नम्बर २ का वडाध्यक्ष तुलबहादुर राना र जिल्ला समन्वय समिति रूपन्देहीका सदस्य छोटु हरिजनलाई पनि स्पष्टीकरण सोधेको पार्टीले जनाएको छ ।
पार्टीका अनुसार जिल्ला कमिटी पदाधिकारीको बैठकको निर्णय अनुसार ती जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिएको हो। उनीहरूलाई पुस २८ गतेसम्म लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ । उनीहरूबाट चित्तबुझ्दो जवाफसहित पार्टीमा सक्रिय रहने प्रतिबद्धता नआए पार्टीबाट निष्कासन गरिने जिल्ला कमिटी अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।

शनिबार, २६ पुष, २०७६, दिउँसोको १२:३६ बजे

सम्बन्धित खवर