थप दश जनामा संक्रमण पुस्टी जम्मा संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं / नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । सोमबार विहानै कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै जम्मा संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका ५ तथा बुद्धभुमि नगरपालिका वडा नं ७ र १० का बासिन्दा हुन् । संक्रमितहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितहरु भारतवाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरु रहेको बताइएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

सोमबार, २९ बैशाख, २०७७, बिहानको ०९:२८ बजे

सम्बन्धित खवर