विपक्षीको निशानामा प्रदेश १

दमक, १८ जेठ/ 
विपक्षि दलहरुको अवको निशानी प्रदेश सरकारहरुमा रहेको बुझिएको छ । जसमध्ये प्रदेश १ मा विपक्षि गठजोरको शक्ति केन्द्रित हुँदै गरेको छ भने चार नेताबीच प्रदेश १, बागमती र लुम्बिनीमा विपक्षी गठबन्धनको सरकार निर्माणका विकल्पका विषयमा समेत छलफल भएको छ ।

काँग्रेस स्रोतका अनुसार एमालेको केपी ओली समूह नेतृत्वका सरकारले प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित हुन नदिन र सरकार ढाल्ने विपक्षी रणनीति छ । सोही अनुसार आ–आफ्नो प्रदेश संसदीय दललाई निर्देशन दिने चार नेताबीच सहमति पनि भएको छ ।

एमाले सरकार बुधबार प्रदेश १ र वागमतीमा आर्थिक वर्ष ०७८र०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । सरकार अल्पमतमा रहेको दाबी गर्दै विपक्षी दलहरुले नीति तथा कार्यक्रम पारित हुन नदिने रणनीति बनाएको छ ।

यस्तै लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत पर्दा विपक्षी गठबन्धनले प्रदेशसभा बैठक नै बहिस्कार गरेको थियो ।

एमालेको माधव नेपाल पक्षका सांसदको साथ बिना ओलीपक्षीय प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत पारित गर्ने सक्ने परिस्थिति छैन ।

यी प्रदेशमा निर्णायक मानिएको नेपाल पक्षले आगामी दिनमा खेल्ने भूमिकाले ओली पक्षीय सरकार जोगिने वा नयाँ सरकार बन्ने निर्धारण गर्ने छ ।

शुक्रबार, २८ जेठ, २०७८, बिहानको ०८:२२ बजे

सम्बन्धित खवर