नेपाल भित्रियो मनसुन

बैकल्पिक खवर

यस वर्षको मनसुन नेपाल भित्रिएको छ । शुक्रबार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन प्रदेश १, प्रदेश २ र बागमती प्रदेशसम्म फैलिएको छ ।

अबको एक–दुई दिनमा देशैभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार, २८ जेठ, २०७८, साँझको ०५:५० बजे

सम्बन्धित खवर