बीएन्डसी लाई सम्बन्धन दिने आयोगको निर्णय

बैकल्पिक खवर

चिकित्सा शिक्षा आयोगले झापाको बीएन्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले बीएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको स्रोत उद्धृत गर्दै राजधानीको नेपाली बहस अनलाइनले समाचार प्रकाशन गरेको छ।

यस अघि काठमाडौं विश्वविद्यालयले बीएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिनका लागि आयोगमा सिफारिस दिएको थियो । आयोगको बैठकको अध्यक्षता प्रधानमन्त्री केपी ओलीले गरेका थिए । उनी आयोगको अध्यक्ष हुन् ।

सम्बन्धनको औपचारिक निर्णय सार्वजनिक हुन बाँकी छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका अभियन्ता डा। गोविन्द केसीले बीएन्डसीलाई सम्बन्धन दिने सरकारको तयारीको विरोध गरेका छन् । उनले निर्णय भए फेरि अनसन बस्ने चेतावनी दिइसकेका छन् ।- loktantra post

 

शुक्रबार, २८ जेठ, २०७८, साँझको ०७:०४ बजे

सम्बन्धित खवर