नगर प्रमुख आचार्यको आक्रोश : गलत गरेजस्तो लाग्छ भने पार्टीले कारबाही गरोस

बैकल्पिक खवर

मेचीनगर नगरपालिका मेयर विमल आचार्यले ढुंगा गिटी लगायतका विषयमा पार्टीले कारवाही गरेर देखाउन चेतावनी दिएका छन् । आज नगरका पाँचै राजनीतिक दलले ढुंगा गिटीका विषयमा ज्ञापनपत्र बुझाउदै गर्दा नगरप्रमुख आचार्यले यस्तो कुरा बताएका हुन् । पछिल्लो समय मेचीनगरमा ढुङ्गा गिट्टी उत्खननको विषय पेचिलो बन्दै गएको छ।

‘नेपाली कांग्रेसबाटै चुनाव जितेर मेयर भएको हुँ’ मेयर आचार्यले भने–‘पार्टीको महासमिति सदस्य छु, पार्टीले मलाई कारवाही गरेर देखाउन चुनौति दिन्छु । राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री पनि सबै पार्टीबाटै आएका हुन् । गलत गरेको जस्तो लाग्छ भने पार्टीले कारवाही गरेर देखाओस् ।’ पटकपटक ढुङ्गा गिट्टीको विषयलाई लिएर आफुमाथि प्रहार हुनथाले पछि मेयर आचार्य आक्रोशित बनेका हुन ।

प्रमुख आचार्यले छानविन कार्य निष्पक्ष ढंगले होस् भनेर सबै कागजात अख्तियार पठाइएको स्पष्ट पारे । ‘यहीँ छानविन गरेको भए आशंकाहरु उत्पन्न हुन सक्छन् भनेर हामीले अख्तियार पठाएको हौँ,’ उनले भने, ‘अरु पनि छुटेका केही छन् भने दिनोस्, हामी पठाइदिन्छौँ ।’

प्रमुख आचार्यले पहुँच र पावर छ भने अख्तियारलाई दह्रोसँग छानविन गर्न लगाउन पनि राजनीतिक दलहरुलाई चेतावनी दिए । ‘तपाईंहरु कुनै न कुनै पार्टीको हुनुहुन्छ, तपाईंहरुको पहुँच पुग्छ भने छानविनका लागि दबाव दिनोस् ।’ प्रायः शान्त स्वभाबका मेयर आचार्य एकाएक आक्रोशित भएपछि ज्ञापनपत्र बुझाउन आएका दलका प्रतिनिधिहरु पनि नाजवाफ भएका थिए ।

शुक्रबार, २८ जेठ, २०७८, साँझको ०७:४४ बजे

सम्बन्धित खवर