एमाले एकता पहल निष्फल हुने संकेत, ओली पक्ष भन्छ, नेपाल पक्षले एकता चाहेकै छैन

२७ असार, काठमाडौँ / एमाले एकताको पहल निष्फल हुने संकेत आएको ओली पक्षका नेताहरुले भनेका छन् । यसअघि सहमति नजिक पुगेको बताउँदै आएका नेताहरुले नेपाल पक्षले एकता नचाहेको बताएका हुन् । तथापी कार्यदलले बार्ताले आज अन्तिम निष्कर्ष दिने दावी गरेका छन् ।

ओली पक्षले भने नेपाल प्रचण्डको रिमोटमा चलेको आरोप समेत लगाएका छन् । एक नेताले भने– नेपाल प्रचण्डको योजनामा चलेकाले नेपालपक्षलाई मिलाउन सकिएन ।

शनिवार अबेरसम्म आफ्ना आफ्नो पक्षका नेताहरु छलफलमा बसेका थिए । ओली पक्षको भेलाले नेपाल पक्षका माग पूरा गर्न नसकिने आन्तरिक निर्णय समेत गरेको गोप्य श्रोतले भन्यो ।
सहमतिलाई अन्तिमरुप दिन आज पनि कार्यदल बैठक बस्दैछ । आज बस्ने बैठकले समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने जनाइएको छ । कार्यदल सदस्यहरुले सहमतिको विन्दुमा पुगेको जनाउँदै आज बस्ने बैठकले एकताको सन्देश दिने दाबी गरेका छन् ।

आइतबार, २७ असार, २०७८, बिहानको ०९:२२ बजे

सम्बन्धित खवर