लतारिएर एकतामा जाँदैनौ, हस्ताक्षर फिर्ता गर्ने आफ्नो बटमलाईन होइन – नेता नेपाल

काठमाडौं,२७ असार /    नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले लतारिएर एकतामा नजाने बताएका छन् । उनले अदालतलाई प्रभावित हुनेगरि एकता नहुने पनि बताए । एकताका नाममा ओली पक्षलाई बल पुग्नेगरि आफूू सहमति गर्ने पक्षमा नरहेको समेत स्पस्ट पारेका छन् । यो सँगै एमाले एकता लगभग निष्फल भएको छ ।
एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए ।

‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए ।

नेपाल तर्फका कार्यदल सदस्यहरु कोटेश्वरबाट फर्किएपछि सिंहदरबारमा कार्यदलको बैठक जारी छ । कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेको बताएका छन् ।

तर नेता नेपालले सर्वोच्च अदालतको मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिएर सहमति नहुने बताए । अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा सहमतिको निम्ति तयार रहेको उनले बताए ।

आइतबार, २७ असार, २०७८, बिहानको १०:४० बजे

सम्बन्धित खवर