नेपाल पक्षलाई कार्वाही गर्ने ओली पक्षको निर्णय, अनुमोदन गर्न केन्द्रिय समितिको बैठक बोलाइयो

काठमाण्डौं, असार २७ / नेकपा एमालेको एकता प्रक्रियाले निर्णायक मोड लिन नसकेपछि ओली पक्षले माधव नेपाल पक्षलाई कार्वाही गर्ने भएको छ । सहमतिको प्रयास असफल भएपछि ओली पक्षले यस्तो निर्णय गरेको हो । निर्णय अनुमोदन गर्न केन्द्रिय समितिको बैठक बोलाइएको जनाइएको छ ।

नाम नखुलाउने सर्तमा एक नेताले भने– मिलाएर जान लामो प्रयास गरियो तर नेपाल पक्षले हस्ताक्षर फिर्ता नहुने ढेट गरेपछि कुरो बिग्रियो । उनका अनुसार अब बस्ने केन्द्रिय समितिको बैठकले नेपाल पक्षका २३ जनालाई कार्वाही गर्ने निर्णयको अनुमोदन गर्नेछ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पर्सि मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाइएको हो । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला दिनसक्ने अनुमान छ । त्यसको भोलिपल्ट बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको एक नेताले बताए ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यहरुलाई पठाएको एसएमएसमा २९ गते बालुवाटारमा बैटक राखिएको उल्लेख छ । बैठकको एजेण्डा भने खुलाइएको छैन । यो एसएमएस नेपाल पक्षमा रहेकालाई पठाइएको छैन ।

आइतबार, २७ असार, २०७८, रातीको ०९:५९ बजे

सम्बन्धित खवर