दमकमा निकालिने रथ यात्राको तयारी

   दमक, साउन २६/ आगामी भदौ ४ गते श्री कृष्ण जन्माष्टमीको भोली पल्ट दमकमा निकालिने रथ यात्राको लागी ८० प्रतिशत तयारी सकिएको आयोजक समितिले जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गर्दै बिगतका दुई बर्ष कोरोना संक्रमण जोखिमका कारण रोकिएको रथ यात्रा यस बर्ष भब्य रुपमा निकाल्ने तयारी गरिएको जनाएको हो ।
रथ यात्रा प्रचार समिति सम्योजक गिरिराज भट्टराईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा रथ यात्राको लागी तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्ष रोहित आचार्यले जानकारी दिए । रथ यात्रालाई भब्य बनाउन बिभिन्न ३१ वटा उप समिति गठन गरि ति समितिहरुले आ आफ्नो जिम्मेवारी सुरु गरिसकेको बताए। । दमकको रथयात्रामा सबै समुदाय सहभागीता बनाउन पत्राचारको काम सकिन लागेको भन्दै प्रचार प्रसार समेत भैरहेको समितिका सचिव प्रेम भट्टराईले जानकारी दिए । रथ यात्रामा सबै दमकबासीको अपनत्व बनाउँदै पुर्वकै नमुनाको रुपमा सञ्चालन गर्ने गरि काम गरिएको बताए।

बिहिबार, २६ साउन, २०७९, दिउँसोको ०३:२४ बजे

सम्बन्धित खवर